२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

आजै बजेट पारित गर्ने सरकारको तयारी

104
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएकाे छ।

सरकार प्रतिनिधिसभाको बुधबार बस्ने बैठकबाट बजेट पारित गर्ने तयारीमा रहेको छ । बिहान ११ बजे बस्‍ने बैठकमा ११ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, शहरी विकास, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यक्रम रहेको छ ।

सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ । मन्त्रीहरुले जवाफ दिने क्रम सकिएलगत्तै विनियोजन विधेयक निर्णयार्थ सदनमा पेश गर्ने तयारी रहेको बुझिएको छ ।

तर अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै मंगलबार सदन अवरुद्ध गरेको नेकपा एमालेले बुधबार पनि उक्त विषय उठाउने भएकाे छ ।