
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले राज्य साझेदारी कार्यक्रम अन्तर्गत प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अनुभव र क्षमता आदानप्रदान मात्रै गरिने दावी गरेको छ ।
मंगलबार ट्वीटमार्फत दूतावासले नेपाल र अमेरिकाबीच कुनै सैन्य सम्झौना नभएको बताएको हो । दूतावासले भनेको छ, नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दावी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो । अमेरिकाले कुनै पनि देशलाई राज्य साझेदारी कार्यक्रम सामेल हुन भन्दैन् । तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने ट्वीटरमा लेखिएकाे छ ।
दूतावासले राज्य साझेदारी कार्यक्रममा (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको आदानप्रदान कार्यक्रम भएको उल्लेख गर्दै अमेरिकी नेशनल गार्डले अमेरिकामा भूकम्प, बाढी र वनडढेलो जस्ता प्राकृतिक विपत विरुद्ध जुध्नका लागि अग्रपंक्तिमा खटिने उद्धारकर्ताहरूलाई सहयोग गर्ने बताएको छ ।
२५ वर्ष भन्दा लामो अवधिदेखि कायम रहदै आएको एसपीपीमा ९० भन्दा बढी देश जोडिएको भन्दै दूतावासले ती मध्ये यस क्षेत्रमा दश वटा मात्रै देश रहेको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्