२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


विवाह बन्धनमा बाँधिदै ‘तितो सत्य’का राज आचार्य


12.766k
Shares

काठमाडौं । हास्य श्रृखंला ‘तितो सत्य’का चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् ।

चर्चित हास्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

राजले मोडल सुनिशा बजगाईसँग असार ७ गते विवाह गर्न लागेको पारिवारिक स्रोतले जनाएको छ ।

केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विवाहको एकसाता अघि यी दुईले प्रि–वेडिङ फोटोसुट पनि गराएका छन् ।

राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्ययन समेत सकाएका छन् । पढाई सकेर उनी नेपाल फर्किएका छन् ।