
काठमाडौं । मोरङको बेलबारीमा स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा ना ६ ख ५५४४ नम्बरको ट्रकमा को २० प ७६४५ नम्बरको स्कुटर मंगलबार राति ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स्कुटर सोही दिशातर्फ जाँदै गरेको ट्रकमा पछाडिबाट ठोक्किँदा स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरमा पछाडि सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएका छन् ।
मादक पदार्थ सेवन गरेर तीव्र गतिमा स्कुटर चलाएका कारण ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्