२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक


624
Shares

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ ।

२ मिनेट ५१ सेकेण्डको ट्रेलरमा रणवीर र आलियाको रोमान्टिक केमेस्ट्रीको बीचमा धेरै एक्सन र साहसिक कार्यहरूलाई पनि देखाइएको छ ।

फिल्मको निर्देशन अयान मुखर्जीले गरेका हुन् । ब्रह्मास्त्रमा रणवीर कपुर आगोको हतियार बनेका छन् । यी सबै अस्त्रहरूको देवता ब्रह्मास्त्रको कथामा आधारित हो ।

ट्रेलर अमिताभ बच्चनको आवाजबाट सुरु हुन्छ । यस फिल्ममा मौनी रोय नकारात्मक रोलमा देखिएकी छिन् । ट्रेलरमा नागर्जुनलाई पनि देख्न सकिन्छ ।

फिल्मलाई ९ सेप्टेम्बर २०२२ मा रिलिज गर्ने निर्माण पक्षले घोषणा गरेको छ ।

ट्रेलर :