२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुँदैनः प्रदीप ज्ञवाली


78
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले एसपिपी (स्टेट पार्टनरसीप प्रोग्राम) सम्झौताबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने बताउनु भएको हो ।

बैठकमा पूर्वपरराष्ट्रमन्त्री एवं सांसद ज्ञवालीले एसपीपीबारे संसद्‍मा जवाफ दिन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्र नीति उल्लंघन हुने भन्दै ज्ञवालीले प्रस्तावमा आएका विषय गम्भीर भएको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेनालाई सरकारले सैन्य गठबन्धनमा जोड्न खोजेको आरोप उहाँको थियो ।

नेपाली सेनाको ब्यानरमा एउटा छिमेकीको ढोकैनेर गएर अमेरिकी सैनिक गतिविधि गर्न दिन खोजिएको आरोप उहाँको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारका समयमा एसपीपी सम्झौताबारे कुरा आए पनि सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनी रोखिएको उहाँले बताउनुभयो ।