१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वतन्त्र चुनावी सरकार गठन गर : राजेन्द्र लिङदेन


104
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो ।

केही समयमा सो निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उहाँको भनाई थियो ।

उहाँले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तत्काल तोक्न पनि सरकारसँग माग गर्नुभयो ।

अध्यक्ष लिङदेनले राष्ट्रियतालाई फेरी पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई पटकपटक सचेत गराउनु भयो ।

एमसीसी बहुमतको बलमा हतारमा पारित गरिएको भन्दै उहाँले त्योसँगै अब अरू विषय पनि ताँती लागेर आउने बताउनुभयो । एसपीपीबाहेक पनि अब अरू कुरा के–के आउँछन् देखिँदै जानेछ भन्दै सांसद लिङ्देनले सरकारले बारम्बार गल्ती गरिरहेको टिप्पणी गर्नुभयो ।