
एजेन्सी । बलिउडमा यस्ता थुप्रै नायिकाहरू छन् जसले आफूमा क्यान्सर हुदाँ हुदै पनि आफ्नो मनोबललाई उच्च राख्दै क्यान्सरलाई जितेका छन् । उनीहरुका अगाडि क्यान्सरजस्तो गम्भीर रोग पनि हार खाएको छ ।
यस्ता छन् क्यान्सर जित्ने अभिनेत्रीहरु :
मनिषा कोइराला

पाठेघरको क्यान्सरसँग लड्दै आएकी चर्चित अभिनेत्री मनिषा कोइरालाले आफ्नो मुस्कानले कसैलाई पीडा महसुस गर्न दिइनन् । मनिषाले आफ्नो सबै अवतारलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् , जबकि अस्पतालमा हुँदा पनि उनको अनुहारमा पूर्ण ऊर्जाको तस्बिर पनि सार्वजनिक गरेकी थिइन् । मनिषा बलिउडकी चर्चित नायिका हुन् ।
महिमा चौधरी

बलिउडमा महिमा चौधरीले थोरै फिल्म खेलेकी भएपनि आफ्नो अभिनयले दर्शकको मनमा गहिरो छाप छोडेकी छिन् । हालै अनुपम खेरको भिडियोबाट उनलाई स्तन क्यान्सर भएको खुलासा गर्दा उनका प्रशंसकहरूलाई ठूलै झट्का लागेको थियो । अनुपम खेरले महिमा चौधरीसँगको एक भिडियो सार्वजनिक गर्दै उनले अभिनेत्री चौधरीलाई हिरोको संज्ञा दिएका थिए । उनको नियमित स्वास्थ्य जाँचमा उनलाई स्तन क्यान्सर भएको भनेर पत्ता लागेको थियो । उनको कपाल झरेको थियो ।
ताहिरा कश्यप

ताहिरा कश्यप ती महिलामध्ये एक हुन् जसको साहसको सबैले प्रशंसा गर्छन्। अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरालाई स्तन क्यान्सर भएको थियो ।उनको शरीरमा उपचारको निशान देख्न सकिन्छ । ताहिराले साहसका साथ आफ्नो घाउ देखाइन्, त्यस्तो गम्भीर रोग लाग्दा समेत चिन्तित नबनेकी उनको सबै प्रशंसकहरूले प्रशंसा गर्छन् ।
छवी मित्तल

स्तन क्यान्सरसँग लड्दै आएकी छवी मित्तलले आफ्नो उपचारको बारेमा मानिसहरूलाई बारम्बार अपडेट गरिरहन्छिन । यी अभिनेत्रीले विकिरण थेरापीको दाग पनि ठूलो आत्मविश्वासका साथ तस्वीर मार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
लिजा रे

सन् २००९ मा मल्टिपल माइलोमा नामको क्यान्सरको चपेटामा परेकी अभिनेत्री लिजा रेले आफ्नो आत्मविश्वासका कारण क्यान्सरसँग कहिल्यै हार मानिनन् आफ्नो आत्मविश्वालाई सधैँ उच्च नै राखिन् । उनले क्यान्सरका कारण तालुको कपाल झरिसकेपछि त्यो लुकलाई उनले आफ्नो स्टाइल बनाएकी थिइन् ।
सोनाली बेन्द्रे

मेटास्टेटिक क्यान्सरबाट पीडित अभिनेत्री सोनाली बेन्द्रे कति साहसी छिन्, त्यो उनको उपस्थितिबाट थाहा हुन्छ । उनी क्यानसरबाट निको भएपछि पूर्ण रुपमा आफ्नो काममा फर्किएकी छिन् । सोनालीका फोटोहरूलाई उनका प्रशंसकहरूले स्टाइलको रुपमा लिएका थिए ।
नफिसा

पेरिटोनियल र ओभेरियन क्यान्सरसँग लड्दै आएकी नफिसाले रोगसँग लामो लडाइँ लडिन् र अन्ततः यो रोगलाई पराजित गरिन् । उनी एक बलियो छवि भएकी अभिनेत्री भनेर चर्चित भएकी थिइन् ।
बारबरा मोरी

फिल्म काइट्समा ऋतिक रोशनसँग काम गरिसकेकी अभिनेत्री बारबरा मोरीको पनि क्यान्सर रोगबाट पीडित थिइन् । यी अभिनेत्रीलाई पनि स्तन क्यान्सर भएको थियो । तर अभिनेत्रीको साहसले क्यान्सरलाई पराजित गरिन् ।
प्रतिक्रिया दिनुहोस्