
काठमाडौं । श्रीलंका सरकारले हप्तामा दिने सार्वजनिक बिदा एक दिन थप गरिएको छ ।
सरकारी कर्मचारीलाई कृषिमा जोड्नका लागि त्यहाँको सरकारले तीन महिनाका लागि हप्तामा तीन दिन सार्वजनिक बिदा दिने भएको हो । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
देशले भोगिरहेको खाद्य र आर्थिक संकटबाट मुक्ति पाउनका लागि र सरकारी कर्मचारीलाई खेतीमा प्रोत्साहित गर्नका लागि एकदिन अतिरिक्त सार्वजनिक बिदा दिन लागेको सरकरी अधिकारीले बताएका छन् । बिदाले इन्धनको समेत बचत हुने सरकारी अनुमान छ ।
श्रीलंकामा करिब १० लाख सरकारी कर्मचारी छन् । २ करोड २० लाख जनसंख्या रहेको श्रीलंका पछिल्लो ७० वर्षयताकै गम्भीर र संकटपूर्ण अवस्थामा छ । संकटको समाधानका लागि त्यहाँको सरकारले फरक–फरक प्रयोग गरिरहेको छ ।
यसैबीच अमेरिकाले श्रीलंकालाई सहयोग गर्ने भएको छ । अमेरिकी सचिव एन्टोली ब्लिङ्कन र श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंहसँगको टेलिफोन संवादपछि ब्लिङ्कनले श्रीलंकालाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
प्रधामन्त्री विक्रमासिंहेले केही दिनअघि मात्र श्रीलंकलाई आर्थिक संकटबाट बचाउन ५ बिलियन डलरको आवश्यकता रहेको जानकारी गराएका थिए । अहिले श्रीलंकाको पैसाको मूल्य लगातार घटिरहेको छ । श्रीलंकामा हप्तामा एक दिन सार्वजनिक बिदा थपकाठमाडौं । श्रीलंका सरकारले हप्तामा दिने सार्वजनिक बिदा एक दिन थप गरिएको छ ।
सरकारी कर्मचारीलाई कृषिमा जोड्नका लागि त्यहाँको सरकारले तीन महिनाका लागि हप्तामा तीन दिन सार्वजनिक बिदा दिने भएको हो । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
देशले भोगिरहेको खाद्य र आर्थिक संकटबाट मुक्ति पाउनका लागि र सरकारी कर्मचारीलाई खेतीमा प्रोत्साहित गर्नका लागि एकदिन अतिरिक्त सार्वजनिक बिदा दिन लागेको सरकरी अधिकारीले बताएका छन् । बिदाले इन्धनको समेत बचत हुने सरकारी अनुमान छ ।
श्रीलंकामा करिब १० लाख सरकारी कर्मचारी छन् । २ करोड २० लाख जनसंख्या रहेको श्रीलंका पछिल्लो ७० वर्षयताकै गम्भीर र संकटपूर्ण अवस्थामा छ । संकटको समाधानका लागि त्यहाँको सरकारले फरक–फरक प्रयोग गरिरहेको छ ।
यसैबीच अमेरिकाले श्रीलंकालाई सहयोग गर्ने भएको छ । अमेरिकी सचिव एन्टोली ब्लिङ्कन र श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंहसँगको टेलिफोन संवादपछि ब्लिङ्कनले श्रीलंकालाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
प्रधामन्त्री विक्रमासिंहेले केही दिनअघि मात्र श्रीलंकलाई आर्थिक संकटबाट बचाउन ५ बिलियन डलरको आवश्यकता रहेको जानकारी गराएका थिए । अहिले श्रीलंकाको पैसाको मूल्य लगातार घटिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्