१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिल्म हेरेर मुख्यमन्त्रीले आँशु झारे, भने – कुकुरको माया सबैभदा शुद्ध


5.915k
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ हेरेर कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईले आँखाबाट आँशु झारेका छन् ।

फिल्म ‘७७७ चार्ली’ १० जुनदेखि भारतीय सिनेमा हलहरूमा प्रदर्शन भएको थियो । फिल्ममा मानिस र कुकुरबीचको सम्बन्धलाई देखाईएको छ । फिल्म हेर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईपनि हलमा पुगेका थिए । फिल्म हेर्दा उनी निकै भावुक बनेका थिए । उनलाई फिल्म नसकिदासम्म रोएको देखियो । अहिले उनी फिल्म हेर्दा रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार फिल्म ‘७७७ चार्ली’ हेर्दा कर्नाटकका मुख्यमन्त्रीलाई आफ्नो घरपालुवा कुकुरको याद आएको थियो । जसको गतवर्ष मृत्यु भएको थियो । सोही कारण उनी फिल्म हेरेर भावुक भएका हुन् ।

फिल्म हेरेपछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री बोम्माईले भनेका छन्,‘ कुकुरमाथि धेरै फिल्म बनेका छन् । तर, यो फिल्ममा जनावर र भावना बीच ठूलो तालमेल छ । कुकुरले आफ्नो भावनाहरू हाफ्नो आँखाबाट व्यक्त गर्छन् । यो फिल्म निकै राम्रो छ । सबैले हेर्न आवश्यक छ । म निःशर्त प्रेमको कुरा गर्छु र कुकुरको प्रेम पनि बिना शर्त र शुद्ध हुन्छ ।’

फिल्मलाई किरणरनजले निर्देशन गरेका हुन भने फिल्ममा रक्षित शेट्टी, संगीता श्रृङ्गेरी, राज बी शेट्टी, दानिश सैत र बबी सिन्हा मुख्य भूमिकामा रहेका छन् । हालसम्म फिल्मले २४ करोड भारतीय रुपैयाँको व्यापार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।