१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश सरकारले ल्यायाे ७० अर्ब ९३ करोडकाे बजेट


91
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि ७० अर्ब ९३ करोड ९३ लाखको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभाको १०औं अधिवेशनको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले उक्त रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।

कुल बजेटमध्ये पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख (५८ प्रतिशत), चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख (२७ प्रतिशत) तथा वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड ३७ लाख (११ प्रतिशत) बजेट रकम विनियोजन गरिएको छ ।

बजेटमा कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने, कृषि, साना उद्योग रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिने, करको दायरा बढाउने जस्ता विषय समेटिएका छन् ।

यस्तै, प्रदेशको खर्च घटाउने आर्थिक गतिविधि गतिशील बनाउने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन चकलाबन्दी खेतीलाई प्रोत्साहन गर्ने, कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र सो खरिद गर्न निजी तथा सहकारीलाई प्रोत्साहन गर्ने विषय पनि उल्लेख छन् ।