
Web Pic
काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।
मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर अनियन्त्रित भई पुलबाट खस्दा चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
ट्रिपर पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्