१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती सरकारले कृषि अनुदान खारेज गर्ने


156
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदान बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकाले खारेज गरिएको मन्त्री जम्कट्टेलले बताउनु भयो ।

यस्तै, बागमती प्रदेश सरकारले बजारको पहुँच सहजीकरण गर्न जोड दिनुका साथै वास्तविक किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले निरब्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड विनियोजन गरेको छ भने अण्डा, माछामासु, आलु, प्याज र अदुवालगायतका वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउन ४४ करोड ५० लाख विनियोजन गरेको छ ।

यस्तै, प्रदेशले प्रांगारिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न पाँच करोड ७५ लाख बजेट छुट्याएको छ ।