१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


खगेन्द्र निर्देशित ‘पानीफोटो’ को टिजर सार्वजनिक


208
Shares

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक गरिएको फिल्मको टिजरमा बेपत्ता छोरालाई कुरेर बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ ।

आगामी साउन १३ गते देखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको भूमिका रहेको छ ।

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको पीडा, दुख तनाव, निराशालाई फिल्म मार्फत देखाइएको छ ।

फिल्मको काठमाडौं, बर्दीया, रोल्पा र स्याङ्जामा छायाङ्कन भएको हो । फिल्मलाई दीपक बज्राचार्यले छायङ्कन गरेका हुन् ।

निर्देशक लामिछानेको लेखनमा रहेको फिल्म यसअघि नाटक मञ्चन भएको थियो ।