
काठमाडौं । अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा बैठकमा एसपीपीका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रश्न उठाएपछि सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको थियो ।
त्यसक्रममा एमाले सांसदले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाका पालामा सेनाले पत्र पठाएको आरोप लगाएका थिए ।
तर, पत्र सार्वजनिक भएसँगै केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेपछि पत्र गएको खुलेको छ ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा चाँडै एसपीपीको सदस्य बन्न लागेकामा खुसी व्यक्त गरिएको छ ।
यसैबीच, एसपीपीका विषयमा नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि गलत सावित भएको छ ।
सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको हो ।
प्रतिक्रिया दिनुहोस्