१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु


143
Shares

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्व पश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाजुराको सपट्टा १ का ३७ वर्षीय हिक्मत बहादुर रावलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रावलको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।