
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–७ बनकट्टाबाट खयरको काठसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका–६ बस्ने ट्याक्टर चालक २३ वर्षीय सोमबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहले जानकारी दिनुभयो ।
चापाकोट नगरपालिका–७ को खहरे तिलपुर सामुदायिक वनमा लोड गरिरहेको अवस्थामा बिहीबार राति कुमाललाई खयरको काठसहित लु ३ त ३३४२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
वन उपभोक्ता समितिको मिलोमतोमा खयरको काठ अवैध निकासी गरेको आशंकामा काठसहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठ पाल्पाको रामपुर निकासी गर्न लागिएको थियो ।
प्रतिक्रिया दिनुहोस्