
काठमाडौं । साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्