१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध


611
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–बर्दघाट खण्ड अवरुद्ध भएको छ ।

बिहीबार राति परेको वर्षापछि आएको बाढीले रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

त्यस्तै, पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

खोलामा पानीको मात्रा घटेपछि मात्रै डाइभर्सन बनाउन मिल्ने भएकाले सडक खुल्न केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष तुरिया खोलाको फलामे पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो ।