
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«े स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ ।
उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयामा नै खोल्न सकिनेछ । साथै बैंकले यस प्रकारको खातामा ग्राहकलाई साँवा रकमको ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सक्ने जनाएको छ । इच्छुकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खाता खोल्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा र २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्