
पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महानगरपालिका–१४ छिनेडाँडाका ४७ वर्षीय भक्तबहादुर पोखरेल रहेका छन् ।
शुक्रबार छिनेडाँडास्थित खाल्टे मसिनामा विजुलीको पोलमा चढेको बेला उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्