२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


दुबईका राजकुमार नेपालमा


1.352k
Shares

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आउनुभएको छ ।

उहाँ शनिबार नेपाल आइपुग्नुभएको हो । राजकुमार शेख काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गर्नुभएको छ । राजकुमार शेखलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले स्वागत गर्नुभएको थियो ।

उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । उहाँ नेपालमा रहँदा विभिन्न राजनीतिक तथा कुटनितीक भेटघाट गर्ने बताइएको छ ।