
web pic
काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राडिबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ।
चालक बाफिकोट गाउँपालिका–८ दुलिका कविराम बिक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार जिप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो।
प्रतिक्रिया दिनुहोस्