
web pic
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा मृत्यु हुनेमा टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बु रहेका छन् । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको हाे ।
टोखा–१ मालुङस्थित निर्माणाधिन घरमा काम गर्ने उनीहरूबीच झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्