
फाइल तस्बिर
काठमाडौं । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले शीर्ष नेताहरुको बैठक बसेको तर बैठकमा के विषयमा छलफल भएको हो भन्ने विषयमा भने आफूलाई जानकारी नभएको बताउनुभयो ।
बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्