२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


ताप्लेजुङमा पहिरोले एक घर पुरियो, ६ घर जोखिममा


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, असार २ । शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि ताप्लेजुङमा एउटा घर पुरिएको छ ।

सिरिजंगा गाउँपालिका–७, खेवाङस्थित मानबहादुर लिम्बूको घर शनिबार बिहान खसेको पहिरोले पुरिएको हो ।

घर पुरिँदा मानवीय क्षति नभएपनि ९ लाख रुपैयाँ बराबरको धनमाल नस्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पहिरोपीडित परिवार छिमेकीकोमा शरण लिएर बसेका छन् ।

त्यस्तै, सोही ठाउँका अरु ६ ओटा घर पनि पहिरोको उच्च जोखिममा रहेकाले स्थानीयलाई सजग बन्न आग्रह गरिएको छ ।

स्थानीय चन्द्रबहादुर बिक, तारावीर बिक, इन्द्रप्रसाद दाहाल, ओमप्रकाश साम्यु, नैनबहादुर ताम्जोम र धनबहादुर गौतमको घर जोखिममा परेको जनाइएको छ ।

तस्वीरः जनसांस्कृतिक युवा समूह खेवाङको फेसबुकबाट ।