
काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आईतबार दुर्घटनमा परेर मृत्यु भएपछि गाँउपालिकाभर सार्वजनिक विदा दिइएको छ ।
उपाध्यक्ष सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परेर निधन भएकाले गाउँपालिका भरीका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिइएको सूचनामा उल्लेख छ ।
गाउँ पालिकाका अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा गाउँपालिकाको कार्यालयदेखि विद्यालय र संघ संस्थाहरूलाई बिदा दिइएको उल्लेख छ । तर सूचनामा मृत्यु भएका व्यक्तिको नाम भने उल्लेख गरिएको छैन ।स्थानीय तह निर्वाचनमा अध्यक्ष बरई र उपाध्यक्ष सिंह दुबैजना हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्