२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हरायो


130
Shares

काठमाडौं । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ ।

आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ ।

जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले ४८ ओभर ३ बलमा ४ विकेट पूरा गर्यो ।

श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले १ सय ३७ रनको अविजित शतकीय इनिङ खेले । कुशल मेन्डिसले ८७ रनको अर्धशतकीय इनिङ खेल्दै रिटायर्ड हर्ट भए । निरोशन डिक्कवेला र धनन्जय डि सिल्भा २५/२५ तथा चरिथ असलंले अविजित १३ रन बनाए ।

अष्ट्रेलियाका झेय रिचर्ड्सनले सर्वाधिक दुई तथा जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि अष्ट्रेलियाका ट्रविस हेडले सर्वाधिक ७० रनको अविजित इनिङ खेले । कप्तान आरोन फिन्चले ६२, एलेक्स केरीले ४९, ग्लेन म्याक्सवेलले ३३, मार्नस लाबुसेनले २९, क्यामसन ग्रिनले अविजित १५ तथा मिचेल मार्शले १० बनाए ।

श्रीलंका जेफ्री वान्डरसेले ३ विकेट लिए ।