१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौंको चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


845
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै आइतबार राति ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

महाराजगञ्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको ट्रिपरले अन्दाजी ३० वर्षीय पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

मधेशी मुलका जस्ता देखिने मृतकको सनाखत हुन बाँकी रहेको छ ।

ट्रिपर सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।