१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा मोटरसाइकल र भारतीय नम्बरको जिप आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते


260
Shares

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा आइतबार बेलुका मोटरसाइकल र भारतीय नम्बरको जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप आपसमा ठोक्किँदा दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङको बेलका नगरपालिका–४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप सहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।