
काठमाडौं । अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन हुने भएको छ ।
नेपालमा अत्यधिक सफलता प्राप्त गरेको ‘ए मेरो हजुर ४’ भर्जिनियामा असार १२ गते प्रदर्शन हुने भएको हो ।
उक्त चलचित्रको प्रदर्शन नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले भर्जिनियामा प्रदर्शन गर्ने लागेको हो । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र हलमा प्रदर्शन हुनेछ ।
चलचित्र हेर्न २० डलर शुल्क राखिएको छ । उक्त चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् भने चलचित्रमा अनमोल के.सी., सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतकाे अभिनय रहेकाे छ ।
चलचित्र निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा र नायिका सुहाना थापा अमेरिकाको डिसी महानगर क्षेत्रमै बसोबास गर्छन् । शो मा निर्देशक झरना तथा नायिका सुहानाले दर्शक माझ रहेर चलचित्र हेर्ने कार्यक्रम रहेको छ ।
चलचित्रबाट आएको केही आर्थिक लाभ नेपाली अमेरिकन सामुदायिक केन्द्रलाई जाने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्