२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै


91
Shares

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज सोमबार बस्दैछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ ।

प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेक २०७९ दफावार छलफलका लागि पेश गर्नेछन् । यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

यस्तै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताव पेश गर्नेछन् । मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

 प्रतिनिधिसभाको कार्यसूची:

यसैगरी, राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत काननु, न्याय तथा संसदीय मामिला, यसवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशपुंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकहरुमाधि छलफल हुने कार्यसूची छ ।

 राष्ट्रिय सभाको कार्यसूची :