१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु, प्रहरीसहित थुप्रै घाइते


442
Shares

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टनडिसीस्थित एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु हुनुका साथै प्रहरीसहित थुप्रै घाइते भएका छन् ।

राष्ट्रपति भवन ह्वाटहाउसबाट ३ किलोमिटरको दूरीमा रहेको फोटिन्थ स्ट्रिट र यु स्ट्रिटमा सांगितिक कार्यक्रम चलिरहेका बेला आइतबार राति अज्ञात व्यक्तिले अन्धाधुन्दा गोली प्रहार गरेको हो । गोली प्रहारबाट एक जना १५ वर्षिय किशोरकाे मृत्यु भएको र एक प्रहरी अधिकारीसहित कार्यक्रमका दर्शकहरू घाइते भएको त्यहाँको प्रहरीले बताएको छ । घाइते प्रहरी अधिकृतसहित तीन जना घाइतेलाई अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

रेष्टुरा, बार र सपिङमलहरू रहेको व्यस्त क्षेत्रमा गोलीकाण्ड भएपछि मानिसहरूमा भागदौड मच्चिएको थियो । घटनापछि प्रहरीले वरपरका क्षेत्र पनि खाली गराएको छ भने बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्कन भनेको छ । अमेरिकामा प्रत्येक साता कँही न कँही गोली प्रहारका घटनाहरू भईरहेका छन् ।राष्ट्रपति जो बाइडेनले व्यक्तिले बन्दुक राख्न पाउने कानूनमा संशोधनका लागि प्रयास गरेपनि त्याे सफल हुन सकेकाे छैन् ।