१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘लू’ को सुटिङ मंसिरबाट


533
Shares

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ मा आधारित चलचित्र निर्माण हुने भएको छ ।

चलचित्र ‘लू’ को निर्माण क्यारो फिल्म्सले गर्ने भएको हो । उक्त चलचित्रको सुटिङ आगामी मंसिरबाट हुने भएको छ ।

फिल्म्सले चलचित्रका लागि हालै मात्र संगीत निर्देशकमा कालीप्रसाद बास्कोटालाई आवद्ध गराएको छ ।

चलचित्र ‘लू’ का निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।