१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

'अन्तरप्रदेश सञ्चालन हुने यातायातमा ५ देखि ७ प्रतिशत भाडा वृद्धि'

689
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडासमेत वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५ दशमलव ३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६ दशमलव ९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७ दशमलव ७ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।

पछिल्लो पटक डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ ।

आइतबार नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा समान प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

हेर्नुहोस् बढेको भाडादरको सूची :