२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टरबीच संझौता


78
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टरबीच बिभिन्न किसिमका स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सोमबार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई काठमाडौंको बत्तिसपुतलीस्थित स्टेम सेन्टरमा प्राप्त हुने सेवाहरु प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टल लगायतका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

त्यसैगरी स्टेम सेन्टरबाट प्राप्त हुने अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।