१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंक अफ काठमाण्डूद्वारा प्रदेश १ मा घरदैलो कार्यक्रम सम्पन्न


247
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सबै नेपालीलाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशत सम्म ऋणको सुबिधा सहित २ लाख सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ ।
साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८ दशमलव ०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको बैंकले जनाएको छ ।
बैंकको प्रदेश १ अन्र्तगतका विराटचोक, विराटनगर, बित्र्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभिट्टा लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन ।