४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


नेपाल र हङकङ भिड्दै


91
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार मध्यान्न १२ बजे किनरारा ओभल एकेडेमीमा सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ भने हङकङ तेस्रो जितको खोजीमा हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रो खेलमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराएको थियो । यस्तै, हङकङले भुटानलाई १४ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

आजको खेलको नतिजाले नेपालले सेमिफाइनलमा कुन टोलीसँग भिड्ने निर्धारण हुनेछ । नेपाल विजयी हुँदा समूह ‘ए’ को उपविजेता र पराजित हुँदा समूह ‘ए’ को विजेतासँग खेल्नेछ । समूह ‘ए’ मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।