१७ फाल्गुन २०८१, शनिबार | Sun Mar 2 2025


कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै


4.719k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ ।

विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ ।

महामन्त्रीद्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउनुहुनेछ ।

मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको छ ।