१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सौन्दर्य प्रतियोगितामा सहभागी हुन आज ५ बालबालिका इन्डोनेसिया जाँदै


247
Shares

काठमाडौं । इन्डोनेसियाको आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा सहभागी हुन नेपालबाट ५ बालबालिका आज मंगलबार साँझ इन्डोनेसियाको बाली शहरमा जाँदै छन् ।

इन्डोनेसियाको बाली शहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा भाग लिन आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र किड्स अफ दि इयर इन्टरनेशनल यास्ना श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।

प्रतियोगितामा बालबालिका लिएर अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् ।

प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने विभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् ।

१० भन्दा बढी राष्ट्रका सहभागी हुने उक्त प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन् ।