१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुरको लाकुरी भञ्ज्याङमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु


273
Shares

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङ रहेका छन् ।

तामाङले चलाएको बा ४ ख ७३३६ नम्बरको ट्रिपर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त सातदोवाटोले जनाएको छ ।