७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य: गृहमन्त्री खाँण


78
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य रहेको बताउनुभएको छ ।

विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज (मंगलबार) काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। गृहमन्त्री खाँणले योगले मानिसको जीवनशैली परिवर्तन गर्नुका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्ने बताउनुभएको हो ।

मानवताका लागि योग भन्ने नाराका तय गरिएको विश्व योग दिवसको अवसरमा आयोजना गरिएको शिविरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्रका अन्य पदस्थ अधिकृतहरुसहित करिब ५ सय जना सहभागी भएका थिए ।