
काठमाडौं । त्रिचन्द्र कलेज दिन परदिन जीर्ण बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मारमा पर्ने गरेका छन् ।
जोखिम मोलेरै अध्ययन गर्न बाध्य उनीहरुले क्याम्पस भवनको पुनर्निर्माण गर्न पटक पटक सरकारलाई घच्घच्याए पनि जिर्णाेद्वार नभएपछि सम्पूर्ण संकायका विद्यार्थीहरुले कजेल भवन पुनर्निर्माणको माग गर्दै कलेजमा ब्यानर टाँगेका छन् ।
राजा त्रिभुवनले वि.सं. १९७६ असोज २७ गते उद्घाटन गर्नुभएको देशकै पहिलो कलेज जीर्ण अवस्थामा पुगेको छ । २०७२ को भूकम्पले त यसका हरेक पाटोमा क्षति पुर्याएको छ ।
यो कलेजबाट उत्पादित जनशक्ति मुलुकका ठुल्ठुला पदमा पुगे पनि पनि यसको जिर्णोद्वारमा कसैको ध्यान पुगेको छैन ।
कुनै समय १३ हजार विद्यार्थी पढ्ने त्रिचन्द्र कलेज लथालिङ्ग अवस्थामा पुगेपछि विद्यार्थी संख्या खुम्चिने क्रम निरन्तर छ ।
प्रतिक्रिया दिनुहोस्