१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संखुवासभामा चुलामा आगो सल्काउने क्रममा जलेर वृद्धाको मृत्यु


104
Shares

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–११ मा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएकी स्थानीय ८६ वर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा जलेर मृत्यु भएको हो ।

मनमायाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैंले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाइते भएको अवस्थामा आफन्तले आज मंगलबार बिहान ७ बजे फेला पारेका थिए । त्यसपछि उनलाई उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।