
फाइल तस्विर
काठमाडौं । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ ।
बागलुङको जैमिनी नगरपालिकामा ठाउँ ठाउँमा पहिरो खसेपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध भएको हो ।
जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रीहरू समस्यामा परेका छन् । अवरुद्ध सडक खुलाउन सडक विभागले चासो नदिएको स्थानीयको गुनासो छ ।
पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्