२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली


234
Shares

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा कारोबार हुने साताको तेस्रो दिन दोहोरो अंकको सुधार आएको छ ।

मंगलबार कारोबार परिसूचक नेप्से ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको कारोबार गर्ने परिसूचक सेन्सेटिभ ८.१८ अंकले बढेर ३७४.३७ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेन । सोमबार १ अर्ब ७४ करोडको कारोबबर भएको बजार आज (मंगलबार) १ अर्ब २३ करोडमा सीमित भएको छ ।

यस दिन २३१ कम्पनीका ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच ह हुँदा १ अर्ब २३ करोड ८५ लाख भन्दा बढीको कारोबार भयो ।

बजारको उपसूचकमा समेत मंगलबार हरियाली छाएको छ ।

जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक तीन अंकमा बढ्दा बैंक, व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूह दोहोरो अंकले बढेका छन् । म्युचल फन्ड र लगानी समूहमा भने सामान्य सुधार आएको छ ।