
काठमाडौं । अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग्ने सप्तरीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय, मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक कृष्णकुमार कोइरालाले बताउनुभयो ।
असार १ गतेबाट सम्पर्कविहीन भएका उनले अपहरणको नाटक गरेर आफ्नै सालोसँग २० लाख फिरौती मागेका थिए ।
प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पहिला नै विवाह गरिसकेका उनका दुई छोरा र एक छोरी छन् । उनीविरुद्ध प्रहरीले सार्वजनिक उपद्रयाईं कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्