१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायल सरकारले संसद भंगको घोषणा गर्दै विधेयक द्रुतमार्गबाट पारित गर्ने


195
Shares

काठमाडौं । इजरायलको कमजोर गठबन्धन सरकारले संसद भंगको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।

अब हुने निर्वाचनमा विपक्षी नेता पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौं हुनेछ । प्रधानमन्त्री नफ्ताली बेनेटले पदभार ग्रहण गरेको एक वर्षपछि वैचारिक मतभेदयुक्त आठ राजनीतिक दलको गठबन्धन तोडेर अर्को निर्वाचनको घोषणा गरिएको हो ।

येश एडिट पार्टीका नेता तथा समाज कल्याणमन्त्री मिर कोहेनले गठबन्धन सरकारले बुधबार मतदान सम्बन्धी विधेयक संसदमा प्रस्तुत हुने बताउनुभएको छ । अब अर्को निर्वाचन आगामी अक्टोबरमा हुनेछ । नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री बेनेटका प्रमुख सहयोगी विदेशमन्त्री यायर ल्यापिड कार्यवाहक प्रधानमन्त्री बन्नु हुनेछ ।

प्रधानमन्त्री बेनेट नेतृत्वको गठबन्धनलाई त्यति बेला नै राजनीतिक प्रयोगका रूपमा चित्रण गरिएको थियोे ।