२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंको देउराली भञ्ज्याङमा ट्रिपरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु


221
Shares

काठमाडौं । शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा मंगलबार राति ट्रिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रदेश ३–०१–००६ ख ३४७४ नम्बरको ट्रिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।