२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा राम चरणको इन्ट्री


2.405k
Shares

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘कभी ईद कभी दिवाली’मा दक्षिण भारतीय अभिनेता राम चरण देखिने भएका छन् ।

भारतीय सञ्चार माध्यम इ टाइम्सका अनुसार यस फिल्मको गीतमा राम चरण क्यामियो भूमिकामा देखिनेछन् ।

यस फिल्मलाई फरहाद सम्जीले निर्देशन गरेको हुन् । सलमानले राम चरणलाई भेटेर उक्त गीतमा क्यामियो लागि अफर गरेका थिए ।

सलमान र राम चरणसँगै फिल्ममा पूजा हेगडे, शहनाज गिल, वेन्कटेश, जस्सी गिल, पलक तिवारी र राधव जुयालको लगायत कलाकारको अभिनय रहेको छ । सलमानको राम चरण र उनका बुबा चिरञ्जीवीसँग राम्रो सम्बन्ध रहँदै आएको छ ।

चिरञ्जीवीको आगामी फिल्म ‘गड फादर’ मा सलमान पनि क्यामियो भूमिकामा देखिने भएका छन् । फिल्मको अहिले हैदरवादमा सुटिङ चलिरहेको छ । २५ दिनको सेड्युल बनाएका सलमानले त्यहाँ एउटा भव्य गीत समेत छायांकन गर्नेछन् ।